arrow

अब देश घण्टीमय हुनेछ र काँचुली फेर्नेछ : तोसिमा कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
tosima-karki.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश: पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले फेरी सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिलाई घण्टीमा गोलबद्द हुन आह्वान गर्दै अब शान्त भद्र ‘नीलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गर्नुपर्ने बताइन् ।

उनले लेखेकी छन्, ‘अब क्रमश: पूरा देश नै घण्टीमय हुँदै जानेछ । देशले काँचुली फेर्नेछ । फेरि पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिलाई घण्टीमा गोलबद्द हुन आह्वान गर्दछु । आउनुस् शान्त भद्र ‘नीलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गरौँ । अबको आशा रास्वपा’ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ