काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर वालेन्द्र साह बालेनबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै राजनीतिमा बाह्य चुनौती थपिएको बताए ।
सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर होइन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरे ।
यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईको भनाइ छ ।
उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह पनि गरेका छन् ।
कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्न उनले सबैलाई आग्रह गरे ।