जनकपुर । जनकपुरधाम उप-महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि चार दिनसम्म बन्द भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिएको छ ।
यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ ।
यसअघि उपमहानगरपालिकाले एक दिनका लागि बिदा दिएको थियो तर मौसममा सुधार नभएपछि चार दिन बिदा थप गरिएको हो ।
करिब एक हप्तादेखि जनकपुरधामसहित तराई मधेसका जिल्लामा एक्कासि जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरूले झन बढी समस्या भोग्नु परेको छ ।