arrow

सबै दल निर्वाचनमा जान तयार छौँ तर वातावरण बनेको छैन : देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
sher-bahadur-deuba-12-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार भए पनि निर्वाचनको वातावरण बन्न नसकेको बताए।

देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए। 

सभापति देउवाले भने, ‘सबै पार्टीहरू चुनावमा जान तयार छन् । कांग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्या । एमाले पनि तयार छ ।’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ