arrow

गृहबाट प्रजिअसहित १५ कर्मचारीको सरुवा तथा पदस्थापन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
home-ministry-nepal.jpg
तस्बिर : फाइल

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । 

मन्त्रालयको आजको निर्णयअनुसार सात जना प्रजिअ, छ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको छ । 

नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । गृहका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराज प्रसाईंलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङ र मदन कोइरालालाई कञ्चनपुरको प्रजिअमा पदस्थापन गरिएको छ । 

पर्वतका प्रजिअ हरिप्रसाद घिमिरेलाई दोलखा, तनहुँका प्रजिअ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक, भोजपुरका प्रजिअ शिवलाल तिवारीलाई तनहुँ, कञ्चनपुरका प्रजिअ लक्ष्मण ढकाललाई इलाम र प्यूठानका प्रजिअ दीपकराज नेपाललाई नवलपरासी पश्चिममको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । 

तेह्रथुमका प्रजिअ प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यानको प्रजिअ र बन्दना राईलाई तेह्रथुमको प्रजिअमा सरुवा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ