arrow

हराएका वा चोरी भएका सवारीसाधन खोज्न चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
trafic-police-ktm-11-09.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँ, ललितपुर र भक्तपुर तीन ओटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदन दिनमा छ ओटासम्म आउने गरेको बताएका छन् ।

शुक्रबार चोरी भएका स्कूटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए ।

उनले भने, ‘आज ६० ओटा सवारी धनीलाई सवारी साधन हस्तान्तरण गरिएको हो । मोटरसाइकलको हराउने र चोरी भएका निवेदनहरु दिनमा पाँच/छ ओटासम्म पनि आउने गरेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनओटै जिल्लाबाट यस्ता उजुरी आउने गरेका हुन् । खोज्ने काम पनि चुनौतीपूर्ण नै हुने रहेछ । कतिपय केस चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएका छौँ ।’

उनले पुस महिनामा मात्र फरकफरक स्थानबाट मोटरसाइकल चोरी गरेर लाने क्रममा पाँच जना चोरसहित समातेर बुझाएको जानकारी दिएका छन् ।

सोही क्रममा सवारी धनि रोहन पराजुलीले आफ्नो घरबाट नै चोरी भएको बाइक यति छिटो भेटिदा एकदमै खुशी लागेको बताए ।

उनले भने, ‘मेरो बाईक दुइ हप्ता अगाडि मंसिर २१ गते हराएको थियो । छिटो नै भेटियो । घरबाट नै साँझ ७ः३० बजेतिर हराएको हो । क्षतिग्रस्त अवस्थामा भेटिएको छ, जस्तो अवस्था भएपनि भेट्नु ठूलो कुरा हो । खुशी नै छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ