arrow

प्रहरीसँगको भिडन्तमा नक्सलवादीका शीर्ष कमान्डरसहित ६ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
indian-police-war.jpg

काठमाडौँ । भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोहीमध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।

ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब दुई सय ७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादी बीच मुठभेड भएको जनाइएको छ ।

ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताए अनुसार बुधबार कान्धमालमा ठूलो मात्रामा गोलाबारुद बरामद गरिएको थियो भने बिहीबार कान्धमाल-गन्जाम सीमामा गरिएको फलो-अप अपरेसनमा धेरै स्थानमा गोली हानाहानमा थप चार जना नक्सलवादीको मृत्यु भएको छ ।

खुरानियाले मारिएका मध्ये एक जना नक्सलवादी ओडिसाका कमान्डका प्रमुख र केन्द्रीय समिति सदस्य गणेश उइकेका रूपमा पहिचान गरिएको बताएका छन् । जो धेरै ठूला-ठूला आक्रमणमा संलग्न थिए ।

प्रहरीका अनुसार यस क्षेत्रमा नक्सालवादीहरूको बारेमा प्राप्त विशेष गुप्तचर सूचनाको आधारमा प्रहरीले संयुक्त खोजी अभियान चलाएपछि गोली हानाहान शुरू भएको थियो ।

गतिरोधका क्रममा प्रहरीलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई ठूलो सफलताको रूपमा प्रशंसा गरेका छन् ।

भारत सरकारले ३१ मार्च २०२६ सम्ममा नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले सयौँको ज्यान लिएको लिनुका साथै हजारौँ विस्थापित भएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ