arrow

सुनचाँदीको भाउमा उछाल, ऐतिहासिक रेकर्ड कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा उछाल आएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा एक हजार आठ सय र चाँदी एक सय ६५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य बढेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, बिहीबार प्रतितोला चार हजार चार सय रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य शुक्रबार बढेर चार हजार पाँच सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार कायम सुनचाँदीको भाउ इतिहासकै उच्च हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ