arrow

बालेन र ज्ञानेन्द्र शाहीबीच 'गोप्य' मन्थन: नयाँ शक्तिको साझा मोर्चा बन्ने सङ्केत

वैकल्पिक शक्तिहरूको एकता नै अन्तिम विकल्प, १६५ वटै क्षेत्रमा पकड जमाउनुपर्छ: ज्ञानेन्द्र शाही

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
sahi-gyanendra.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीबीच नयाँ राजनीतिक ध्रुवीकरणका लागि सघन संवाद सुरु भएको छ। शाहीले मेयर साहसँग पछिल्लो दुई दिनमा चरणबद्ध छलफल भएको र युवा शक्तिहरू एकीकृत भएर अगाडि बढ्ने विषयमा गम्भीर मन्थन भइरहेको पुष्टि गरेका हुन्।

एकता प्रवक्ता शाहीका अनुसार मेयर साहले सबै युवा र वैकल्पिक शक्तिहरू एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने प्रस्ताव गरेका छन्। "वैकल्पिक शक्तिहरू मिलेर जानुको विकल्प छैन, यो नै अन्तिम बाटो हो," शाहीले भने। उनले नेपालको वर्तमान निर्वाचन प्रणालीमा संसद्मा बहुमत पुर्‍याउन १६५ वटै निर्वाचन क्षेत्रमा पकड जमाउनुपर्ने भएकाले एक्लाएक्लै लड्नुभन्दा साझा मोर्चा बनाउनु बुद्धिमानी हुने धारणा राखे।

चुनाव जित्ने मात्र होइन, देश धान्ने चिन्ता भेटका क्रममा केवल चुनावी तालमेलको मात्र नभई मुलुकको दीर्घकालीन हित र खर्चिलो व्यवस्थालाई कसरी धान्ने भन्ने विषयमा पनि छलफल भएको छ। "चुनाव जित्नु मात्र मुख्य मुद्दा होइन, जितेपछि हामीले के गर्ने र यो व्यवस्थालाई कसरी सुधार्ने भन्नेमा हाम्रो जोड छ," शाहीले स्पष्ट पारे। राम्रा मान्छेहरू आपसमा नमिलेकै कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको उनको टिप्पणी थियो।

मोर्चा कि नयाँ दल? छलफल जारी बालेन निवासमा भएको यो भेटघाटमा पार्टीहरू नै एकापसमा मिलाएर जाने वा एउटा शक्तिशाली साझा मोर्चा बनाउने भन्नेबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ। "केही आन्तरिक र केही बाहिरी कुराहरू भएका छन्, वार्ताको टुङ्गो लागेपछि सबै विवरण सार्वजनिक गर्नेछौँ," उनले भने।

ज्वागलमा बालेनलाई भेट्न डा. बाबुराम भट्टराई, रवि लामिछाने र कुलमान घिसिङ जस्ता नेताहरू पुगिरहेका बेला ज्ञानेन्द्र शाहीको यो सक्रियताले आगामी निर्वाचनमा 'पुराना' दलहरूका विरुद्ध एउटा वृहत् 'युवा मोर्चा' बन्ने बलियो सङ्केत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ