arrow

बालेनलाई सुनील शर्माले भने – म कांग्रेसलाई नै राम्रो बनाउँछु 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
balen-sunil-hamrakura-10-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीलाई सशक्त बनाउने बताएका छन् । 

बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनसँगको भेटघाटमा बालेनले आफूहरूले बनाउन लागेको संगठनमा आउन आग्रह गरेसँगै डा शर्माले आफूले कांग्रेस नछाड्ने र कांग्रेसलाई अझ सशक्त बनाएर लैजाने बताएका हुन् । 

बालेनले नयाँ शक्ति गठन गरिरहँदा विभिन्न दलका नेताहरूसँग परामर्श गरिरहेका छन् । सो क्रममा उनले कांग्रेस नेता शर्मासँग पनि छलफल गरेका हुन् । 

नेता शर्माले बालेनलाई आफू नेतृत्वमा आउने गरी कांग्रेसलाई राम्रो बनाउन लागिपरेको बताएका हुन् । 

त्यस्तै उनले अहिलेको राजनीतिक निकासका लागि संसद पुनःस्थापना गर्नुपर्ने जरुरी रहेकोसमेत बालेनलाई बताएका छन् । 

उनले संसद पुनःस्थापना गरी जेन–जीहरूका सम्भव हुने माग पूरा गर्ने र अदालतमा परेका मुद्दाको पनि सुनुवाई हुने भएकाले मध्यमार्ग अपनाउनु पर्ने बताएका हुन् । उनले सर्वोच्च अदालतमा परेका मुद्दाको पनि ठोस निकास निस्कने भएकाले संसद पुनःस्थापना गर्नु नै उत्तम हुनेसमेत बताएका हुन् । 

डा शर्माले संसद पुनःस्थापना गरेर जेन–जीका माग सम्बोधन गर्ने अनि संसद विघटन गरेर चुनावमा जान सकिनेसमेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ