ओलीको उद्घोष: निर्वाचन भए एमालेले बहुमत ल्याउँछ, सरकारले वातावरण बनाओस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
760
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताएका छन्। पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले जस्तोसुकै परिस्थितिको सामना गर्दै अगाडि बढ्न सक्षम रहेको दाबी गरे।
अध्यक्ष ओलीले एमाले सधैँ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने पक्षमा रहेको स्पष्ट पारे। "यदि सरकारले निर्वाचनको वातावरण बनाउँछ भने हामी सहभागी हुन्छौँ र बहुमतसहित चुनाव जित्छौँ," उनले भने। उनले एमाले निर्वाचनको पर्खाइमा भए पनि वर्तमान सरकारमा त्यसप्रति कुनै जिम्मेवारी बोध नदेखिएको टिप्पणी गरे।
सरकारले निर्वाचनको वातावरण बनाउन चासो नदेखाएको आरोप लगाउँदै ओलीले एमाले अब परिस्थिति अनुसार आफ्नो रणनीति तय गरेर अगाडि बढ्ने बताए। निर्वाचनको सुनिश्चितता र लोकतान्त्रिक अभ्यासका लागि सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।