arrow

बालेन लक्षित केपी ओलीको टिप्पणी - देशमा चर्चित भनिएकाहरू नै नशामा भेटिन्छन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
kp-sharma-oli-uml-10-09.jpg

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरू नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।

पार्टीको ११औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरू समेत नशामा भेटिने गरेको उनको भनाइ छ । उनले युवाहरूले ठीक ढंगले कुरा नबुझ्नु, ठीक आचरण गर्न नसक्नु र ठीक ढंगले आफूलाई प्रस्तुत त गर्न नसक्नु मुलुककै लागि समस्या बिषय भएको जिकिर गरे ।

उनले एमालेमा आवद्ध युवाहरू यस्तो दुर्व्यसनीमा नरहेको समेत जिकिर गरे ।

उनले पार्टीको ११औँ महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरूको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गरे ।

उनले भने, ‘आजको दिनमा युवाहरूले ठीक कुरा बुझ्नु, ठीक आचरण गर्नु र ठीक ढंगले आफूलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । तर हाम्रो युवाहरूले एउटा नमूनाको रुपमा देखायो । देशका चर्चित भनिएका मान्छेहरू नशामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् । तर हाम्रा युवाहरूमा त्यस्तो कुनै दुर्व्यसन देखिएन । मेरो इख मानेर दुर्व्यसनमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुशी हुन्छु । यदि कसैले भोलिन्टियरको नियम पालना गरेको छैन भने त्यस्तो अवस्थामा कारबाही हुन्छ भनेका थियौँ । कोही नियम बाहिर गएको भए कारबाही भएको होला  । तर कोही पनि बाहिर गएको छैन । कसैका लागि भोटसमेत मागेको छैन ।’

उनले मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अघि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ