arrow

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । अघिल्लो दिन बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

बिहीबार सुनको मूल्य तोलामा छ सय र चाँदीको २० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

बुधबार सुन प्रतितोलामा दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य हालसम्मकै उच्च थियो । 

यता, बुधबार प्रतितोला चार हजार चार सय २० रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बुधबार चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ