काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ। बुधबारको कारोबारमा नेप्से परिसूचक १ दशमलव ३७ अङ्कले बढेर २ हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो।
आज बजारमा कुल ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिदबिक्री भएको छ। यस क्रममा कुल ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ३२ प्रतिशतले बढेर लगानीकर्तालाई राहत दिएको छ भने अर्कोतर्फ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ४ दशमलव २६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको १४ करोड ४९ लाख ३५ हजार ३८३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको २ लाख ६२ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ। समग्रमा आजको बजारमा उतारचढावका बीच झिनो अङ्कको बढोत्तरी देखिएको छ।