arrow

बढ्यो सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर दुई लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको  छ।

यता मंगलबार प्रतितोला चार हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य बुधबार बढेर चार हजार चार सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार कायम भएको सुनचाँदीको मूल्य इतिहासकै सर्वाधिक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ