काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बुधबार बिहान डल्लुस्थित खनाल निवास पुगेर दुवै नेताले चित्रकारको स्वास्थ्यलाभको कामना गरेका हुन्।
रविलक्ष्मी चित्रकार गत भदौमा भएको 'जेन-जी' आन्दोलनका क्रममा भएको आगजनीको घटनामा परी घाइते भएकी थिइन्। उनको लामो समयसम्म भारतमा उपचार गरिएको थियो। गत साता मात्र भारतबाट उपचार सकेर स्वदेश फर्किएकी उनलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लु पुगेका हुन्।
भेटका क्रममा नेता झलनाथ खनालले पत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको र थप सुधारका लागि उपचारको क्रममै रहेको जानकारी दिए। दुई नेताको भेटले पार्टीभित्रको आन्तरिक सद्भाव र मानवीय संवेदनशीलतालाई दर्शाएको छ।