arrow

एमाले कार्यालय पुगेका सञ्चारमन्त्री खरेलले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
jagadish-kharel-08-09.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकार पनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको बताएका हुन् ।

एमाले पनि चुनावको पक्षमा रहेको दाबी गर्दै उनले भने, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ काम गरिरहेको छ । निर्वाचनको वातावरण बनिरहेको परिपेक्षमा एमालेको तर्फबाट उहाँहरूले वातावरण बनाउनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्नेर पार्टीका महासचिवको तर्फबाट स्पष्ट रूपमा राख्नुभएको छ । एमालेसँगको यो भेट चुनाव उन्मूख भएको र चुनावका लागि एमाले पनि तयार भएको साथै सरकारले पनि वातावरण बनाउनेगरी अघि बढेको हुनाले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको छ ।’

उनले कुनै पनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ