arrow

नेपालमा पहिलो पटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
shankha-82-9-8.jpg

बुटवल । बुटवलमा शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ। धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक लुम्बिनी पूजा सामग्री भण्डार बुटवलद्वारा सामूहिक शङ्ख बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

विश्व हिन्दू महासङ्घ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकहरूले विभिन्न समूहमा प्रशिक्षार्थीहरूलाई विभाजन गरी शङ्ख बजाउन अभ्यास गराएका थिए |

कार्यक्रममा शङ्खको उत्पति, परिचय, शङ्खको धार्मिक,सांस्कृतिक वैज्ञानिक महत्त्व, शङ्ख फुक्दा स्वास्थ्यमा, वास्तुमा, पर्यावरणमा हुने लाभको बारेमा  वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीले कार्यपत्र पेश गरेका थिए । 

प्राडा बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरुमा शङ्खको महिमा, स्थान र  कथा प्रसंग भएको  उल्लेख गरेका थिए । 

सञ्चारकर्मी खेम रेग्मीले यस प्रकारका कार्यक्रमले हाम्रो धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने र यस्ता कार्यक्रम निरन्तर गरिरहनुपर्ने कुरामा जोड दिए । 

घरघरमा शङ्ख भएर पनि बिहान साँझको नित्य पूजामा बज्न छोडेको, शंख बजाउने इच्छा भएर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शङ्ख प्रशिक्षण कार्यक्रमक मार्फत सबैलाई शङ्ख बजाउन सिकाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दू महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलोपटक यस प्रकारको  कार्यक्रम देख्ने अवसर पाएको र साँच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे । 

आगामी दिनमा पनि पूजासामग्री भण्डारले विभिन्न प्रशिक्षण एवम् कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहने कार्यक्रमका संयोजक एवं अध्यक्ष सुन्दर भण्डारीले बताए ।

लुम्बिनी प्रदेश र नेपाल भारत सीमावर्ती क्षेत्रबाट समेत गरी २५० जनाको सहभागिता रहेको कार्यक्रममा महिला, युवा, ज्येष्ठ नागरिक, धार्मिक अभियन्ता, ज्योतिष पण्डित लगायतको उत्साहजनक उपस्थित थियो ।

आचार्य कमल पौडेलले संचालन गरेको कार्यक्रममा प्रशिक्षार्थीले जीवनमै पहिलो पटक यसरी विभिन्न कला स्वरसहित निःशुल्क शङ्ख बजाउन तालिम पाएकोमा अत्यन्त खुशी लागेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ