arrow

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आजको मौसम मुख्यतया सफा रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज दिउँसो देशभरिको मौसम मुख्यतया सफा रहने देखिएको छ।

त्यस्तै रातिको समयमा पनि देशभरको मौसममा खासै परिवर्तन नहुने र मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव रहे पनि वर्षा वा हिमपातको तत्काल कुनै सम्भावना नरहेकाले आज देशभरिको आकाश खुला रहने र दिनभर घाम लाग्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ