arrow

अत्यधिक चिसो बढेपछि विद्यालय बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
cold-weather-mohattari.jpg

काठमाडौँ। विगत चार दिनदेखि बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ। चिसो बढ्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै आजदेखि आगामी पुस ११ गते शुक्रबारसम्मका लागि शिक्षण संस्थाहरू बन्द रहने जनाएको हो। गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरका अनुसार, केही दिनदेखि बढेको चिसोले विद्यालयमा पठनपाठन गर्न कठिन भएको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको हो।

यो बिदा विद्यालयहरूको वार्षिक बर्खे बिदाबाट कट्टा हुने गरी मिलाइएको नगरपालिकाले स्पष्ट पारेको छ। रौतहटसहित तराईका जिल्लाहरूमा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने र चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ