arrow

सर्वपक्षीय बैठकमा एमालेको प्रश्न - नेताहरू ढुङ्गा खाइरहेका छन्, फागुन २१ मा चुनाव हुन्छ भनेर कसरी पत्याउने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
government-parties-82-9-7qq (3).jpg

काठमाडौँ | नेकपा (एमाले) ले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुनेमा विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ। सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमाले सचिव महेश बस्नेतले सो कुरा बताएका हुन्।

उनले दलका नेताहरूमाथि अहिले पनि स्थानहद (हिँडडुलमा बन्देज) लगाइएका कारण तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वास गर्न सकिने अवस्था नरहेको बताए। सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए।

बैठकमा उनले भने, "निर्वाचन भयरहित, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ। दलका नेताहरूमाथि अहिले पनि स्थानहद लगाइएको छ। म नै ५–७ जिल्ला जाँदा ढुङ्गा खाएर आएको मान्छे हुँ। हामीले ढुङ्गा खाएबापत खुसियाली मनाएकै छौँ। त्यसकारण फागुन २१ मा चुनाव हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ।" निर्वाचन कानुनमा 'नो भोट' को प्रावधान राख्ने प्रस्ताव आएको सन्दर्भमा उनले यदि २१ गते चुनाव हुन सकेन र मिति सर्यो भने संसद् पुनःस्थापना हुन्छ कि हुँदैन भनी प्रश्न गरे।

सचिव बस्नेतले ६ महिनाभन्दा बढीको संवैधानिक रिक्तता हुन नहुनेमा जोड दिँदै सरकारले अहिले लोकतान्त्रिक पद्धति मिचेर धमाधम अध्यादेश ल्याइरहेको भन्दै आपत्ति जनाए। उनले सरकारको यस्तो कार्यशैलीले चुनावी वातावरण झन् अन्योलपूर्ण बनेको टिप्पणी समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ