कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले पाँच जिल्लामा ठूली भैली खेल्न शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
854
Shares
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लासहित पाँच जिल्लामा ठूली भैली खेल्न शुरू गरिएको छ ।
पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न शुरू गरेको तिला गाउँपालिका-१ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए ।
पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँच ओटा जिल्लामा खेलिनेछ ।
पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैली खेल्ने चलन अहिले विस्तारै कम हुन थालेको स्थानीय हरिचन्द्र बुढाको भनाइ छ ।
भैलीमा साथीहरू मिलेर नयाँ पहिरनमा सजिएर आफन्तजनका घरमा गएर भैलो खेल्ने चलन रहेको तिला-१ का स्थानीय कर्ण रावतले बताए ।
बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि शुरू भएको यो भैली हिउँदे याममा खेलिन्छ । रासस