arrow

सुनचाँदी इतिहासकै महंगो, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउले नयाँ रेकड कायम गरेको छ । 

आइतबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार चार सय र चाँदीको एक सय ३० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँ पुगेको हो । सुन यो मूल्य हालसम्मकै उच्च हो । 

आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार तीन रुपैयाँ रहेको थियो । 

यता, आइतबार प्रतितोला चार हजार एक सय पाँच रुपैयाँ कायम भएको असली चाँदीको भाउ बढेर चार हजार दुई सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ