arrow

पूर्वराष्ट्रपति युन सुक भ्रष्टाचारसम्बन्धी मुद्धामा बयान दिन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
yoon-suk-south-korea.jpg

काठमाडौँ । दक्षिण कोरियाका महाभियोग लगाइएका पूर्वराष्ट्रपति युन सुक योल श्रीमती किमकोन हीसँग सम्बन्धित भ्रष्टाचार आरोपमा विशेष अनुसन्धान टोलीसमक्ष बयान दिन उपस्थित भएका छन् ।

हाल हिरासतमा रहेका युनलाई काफिलेमा राखेर सउलस्थित विशेष अभियोजक मिन जुङ-कीको कार्यालयमा लगिएको थियो । मिनको टोलीले पूर्वराष्ट्रपति दम्पत्तिमाथि लागेका भ्रष्टाचार आरोपको अनुसन्धान गरिरहेको छ ।

यो अनुसन्धान जुलाई २ देखि शुरू भएको हो र डिसेम्बर २८ मा समाप्त हुने तालिका छ । यो युनको श्रीमतीसँग जोडिएका भ्रष्टाचार आरोपमा पहिलो बयान हो । किम कोन हीको मुद्दामा फैसला आउँदो वर्ष जनवरी २८ मा हुने तय भएको छ ।

अगस्टदेखि हिरासतमा रहेकी किमलाई विशेष अभियोजकले १५ वर्ष जेल सजाय माग गरेका छन् ।

युनलाई अपनी श्रीमतीले २७ करोड वन (लगभग १८२,३१० अमेरिकी डलर) मूल्यको निःशुल्क मत सर्वेक्षण र १४ करोड वन (९४,५३० डलर) मूल्यको चित्रकला घुसस्वरूप लिएको आरोपमा सहअपराधी बनाइएको छ ।

२०२१ को अन्त्यतिर राष्ट्रपति उम्मेदवार रहँदा सार्वजनिक बहसमा श्रीमतीबारे झुटो जानकारी दिएको आरोप पनि छ ।

अनुसन्धानमा युनलाई श्रीमतीले व्यक्तिगत नियुक्ति र व्यापारिक सुविधाका बदलामा महँगा उपहार लिएको मामिलामा संलग्नता भए/नभएको बारे सोधपुछ गरिने अपेक्षा गरिएको छ ।

गत डिसेम्बरमा असफल सैनिक शासन घोषणाका कारण संवैधानिक अदालतले अप्रिल ४ मा युनको महाभियोगलाई सदर गर्दै उनलाई पदबाट हटाएको थियो ।

पदच्यूत पूर्वनेता युनलाई जनवरी २६ मा विद्रोहको मुख्य योजनाकारका रूपमा हिरासतमा अभियोग लगाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ