arrow

मधेस प्रदेश सभामुखको निर्वाचन आज: दुई उम्मेदवार चुनावी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
madhesh-pradesh-sabha.jpg

काठमाडौं | मधेस प्रदेश सभाको रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। सात दलीय सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक रहेका छन्।

यसैगरी, नेकपा (एमाले) बाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दिएका छन्। दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि आजको बैठकले मधेस प्रदेशको नयाँ सभामुखको टुङ्गो लगाउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ