arrow

साफ महिला क्लब च्याम्पियनशिपमा एपीएफ उपविजेता [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
saff-women-club-championhip-82-9-5 (2).jpeg

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालको एपीएफ क्लब उपविजेता भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार बेलुकी सम्पन्न फाइनल खेलमा भारतको इस्ट बङ्गालसँग ३–० गोलअन्तरले पराजित हुँदै एपीएफ उपविजेतामा समेटिएको हो । 

इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् । 

कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन् । 

त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् । सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन् । 

त्यसपछि खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो । इस्ट बङ्गालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । त्यसपछि खेलमा गोल हुनसकेन र अन्तत इस्ट बङ्गालले एपिएफमाथि ३–० को सहज जित निकाल्र्दै प्रतियोगिताको उपाधि जित्यो । 

गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको साफ महिला क्लब च्याम्पियनशिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

लिग चरणमा एपीएफ र इस्ट बङ्गालले गोलरहित बराबरी खेलेका थिए । एपीएफले यसअघि पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो भने भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो । 

 

saff-women-club-championhip-82-9-5 (4).jpeg
saff-women-club-championhip-82-9-5 (5).jpeg
saff-women-club-championhip-82-9-5 (6).jpeg
saff-women-club-championhip-82-9-5 (7).jpeg
saff-women-club-championhip-82-9-5 (8).jpeg
saff-women-club-championhip-82-9-5 (9).jpeg
saff-women-club-championhip-82-9-5 (10).jpeg
saff-women-club-championhip-82-9-5 (1).jpeg
saff-women-club-championhip-82-9-5 (2).jpeg
saff-women-club-championhip-82-9-5 (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ