arrow

धरौटीमा रिहा लगत्तै ताते रवि

प्रधानमन्त्रीको 'अध्याँरो अनुहार' प्रति रविको कटाक्ष: "भविष्य सोचेर कदम चालौँ" [भिडियो]

पुरानाले दुःख दिए पनि नयाँले दिँदैनन्, हामी सपना जोड्न आएका हौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
ravi-lamichane.jpg
तस्बिर : राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुकबाट

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सुशासनको डण्डा चलाएर समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्। शनिबार चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि टिप्पणी गर्दै 'अनुहार उज्यालो पारेर' काम गर्न सुझाव दिए।

"म प्रधानमन्त्रीको अनुहारमा अध्याँरो देखिरहेको छु, उहाँलाई आफ्नो अनुहार उज्यालो पार्न म आग्रह गर्दछु," लामिछानेले कटाक्ष गर्दै भने। उनले अबको आवश्यकता भत्केका संरचना बनाउने र नागरिकका टुटेका सपनाहरूलाई जोड्नु रहेको उल्लेख गरे। पुराना राजनीतिक दलहरूले जनतालाई पटक-पटक दुःख दिएको आरोप लगाउँदै उनले नयाँ पुस्ताले जनतालाई धोका नदिने दाबी गरे।

आगामी निर्वाचनलाई जनताको भविष्यसँग जोड्दै उनले भने, "मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनुपर्छ। आगामी चुनाव तपाईँ-हामी सबैको भविष्यका लागि महत्त्वपूर्ण छ। त्यसैले सुशासन कायम गर्दै समयमै निर्वाचनको प्रक्रिया अघि बढाउनुहोस्।" सभापति लामिछानेले नागरिकको साथ र विश्वासका साथ आफूहरू मुलुकलाई नयाँ दिशा दिन तयार रहेको समेत स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ