arrow

एकचालीस रुसी पानीजहाजमाथि प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली परिषद्ले रुसको छायाँ बेडासँग जोडिएका थप ४१ ओटा रुसी पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ ।

यो कदम रुसको ऊर्जा राजश्व कटौती गर्न र युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग रोक्न लक्षित छ ।

ब्रसेल्समा भएको युरोपेली संघ (ईयू) शिखर सम्मेलनमा घोषित यो निर्णयले छायाँ बेडालाई तेल मूल्य सीमा छल्ने, रुसको ऊर्जा तथा सैन्य क्षेत्रलाई समर्थन गर्ने र युक्रेनबाट लुटिएका सामानहरू ढुवानी गर्ने कार्यलाई रोक्न खोजेको छ ।

परिषद्को विज्ञप्तिअनुसार नयाँ सूचीकृत पानीजहाजहरू रुसको छायाँ बेडाको तेल ट्याङ्करहरूको हिस्सा हुन् ।

यससँगै प्रतिवन्धित पानीजहाजहरूको कुल सङ्ख्या करिव ६ सय पुगेको छ ।

यी जहाजहरूलाई ईयूका सम्बन्धित बन्दरगाहहरूमा प्रवेश निषेध गरिएको छ र समुद्री यातायात सेवाहरूको व्यापक दायरा प्राप्त गर्नबाट रोक्ने व्यवस्था गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ