arrow

हजुरआमा मार्ने नाति पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
hatya-murder.jpg

पोखरा । पोखरामा एक वृद्धाको हत्या गरेको अभियोगमा आफ्नै नाति पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं ३१ बेगनास गाउँकी ७२ वर्षीया दालकुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाति २१ वर्षीय आशिष परियारलाई पक्राउ परेका हुन् ।

आशिषले धारिलो हतियार प्रयोग गरी कुटपिट गर्दा दालकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आशिषलाई सीआरभी अमरसिंहबाट खटिएको प्रहरीले पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो ।

परियारले अत्यधिक लागूपदार्थ सेवन गर्ने र यसअघि पनि पटक-पटक कुटपिट गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

सोही पारिवारिक विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ