arrow

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । यो साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । 

बिहीबारको तुलनामा सुनको भाउ तोलामा दुई हजार र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य घटेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो । 

सुनको भाउ हालसम्मकै उच्च गत सोमबार प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार घटेर चार हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ