arrow

जीतपछि ओलीको गर्जन, नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी

सुशीला कार्कीको सरकार ढाल्ने ओलीको उद्घोष: एमाले नेतृत्वमाथि 'भौतिक हमला'को आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
oli-09-04.jpg

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पुन अध्यक्ष जीतेपछि केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन्। बिहीबार पार्टीको शपथग्रहण लगत्तै काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन्।

उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने र पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए। उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे।

ओलीले एमाले नेतृत्वमाथि मिडिया ट्रायल र हल्ला मात्र नभएर अब भौतिक हमला तथा जाली मुद्दा लगाउने षड्यन्त्र भइरहेको बताए। उनले भने, "एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ, यो सरकार ढल्नुपर्दछ र ढालिनेछ।"

यसका निम्ति उनले नेकपा (एमाले) ले देशभरिबाट तयारी हालतमा बस्नुपर्ने कुरामा जोड दिए। उनले एमालेलाई छुनु संसारमै सबैभन्दा महँगो पर्ने चेतावनी दिँदै यो कुरा कुराले मात्र नभएर कामले गरेर देखाउनुपर्ने बताए। एमाले नेतृत्वमाथि जाइलाग्नु विपक्षीहरूका लागि निकै घातक हुने भन्दै उनले कार्यकर्ताहरूलाई सडकमा उत्रिन तयार रहन निर्देशन दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ