arrow

पुस ५ गते भृकुटीमण्डपमा 'एकता सन्देश सभा': प्रचण्ड र माधवले सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
madhav-prachanda-19.jpg

काठमाडौँ | हालै भएको वाम शक्तिहरूबीचको एकतापछि नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा वृहत् 'एकता सन्देश सभा' आयोजना गर्ने भएको छ। सभालाई व्यवस्थित बनाउन पार्टीले आफ्ना मातहतका सबै कमिटीहरूलाई पूर्ण तयारीका साथ सहभागी हुन आह्वान गरेको छ।

पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई भव्य बनाउन बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिलाई आवश्यक समन्वय र सहकार्यका लागि निर्देशन दिएको छ। सभामा मञ्च व्यवस्थापन, सुरक्षा र स्वयंसेवक परिचालनका लागि ठोस निर्णयहरू गरिएका छन्।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने यस सभामा वाम एकताले जनतामा ल्याएको उत्साह र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइने कार्यसूची रहेको छ। सभामा सञ्चारकर्मीहरूसँगको समन्वय समाजवादी प्रेस सङ्गठन र प्रेस सेन्टर नेपालले गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ