‘द पोएट आइडल सिजन २’ का विजेता राईको कवितासंग्रह विमोचन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
782
Shares
काठमाडौँ । किताब यात्राद्वारा आयोजित किताब जात्रामा ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कविता संग्रह विमोचन भएको छ ।
कविता संग्रहलाई कवि राईसँगै कवि विप्लभ प्रतीक, पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् । कविता संग्रहलाई कथालय इन्कको विभाग वी रिडले प्रकाशन गरेको हो ।
नयाँ पुस्ताले साहित्य र सिर्जना नबिर्सिउन् भन्ने उद्देश्यले शुरू गरेको पोएट आइडलबाट सिमयोन जस्ता नयाँ पुस्ता आउँदा निकै राम्रो भएको भन्दै निर्देशक अधिकारीले खुसी व्यक्त गरे ।
पोएट आइडल जस्ता मञ्चबाट नाम र पहिचान पाएको सुनाउँदै कवि राईले अधिकारीप्रति आभार व्यक्त गरे । ‘पोएट आइडलबाट मैले नाम र परिचय पाएको छु’, उनले भने, ‘यसभन्दा अघि आफ्नो मर्जीमा कविता लेखेको थिए’ । कविता भयो या भएन, त्यो पनि हामीलाई थाहा थिएन । पोएट आइडलमा एउटा विषयमा कविता लेख्न च्यालेन्ज थियो । त्यसमा हामीले सिक्न पायौं ।’