एपीएफ र इष्ट बङ्गालबीच साफ महिला क्लब च्याम्पियनशिपको उपाधि भिडन्त [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
695
Shares
काठमाडौँ । काठमाडौँमा जारी साफ महिला क्लब च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालको एपीएफ क्लब र भारतको इष्ट बङ्गाल भिड्ने भएका छन् ।
फाइनल खेल शनिबार हुँदैछ । यसअघि राउन्ड रोविन लिगको अन्तिम खेलमा यिनै दुवै टोलीले आपसमा गोलरहित बराबरीको खेल खेलेका थिए ।
त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरी खेलसँगै इस्ट बङ्गाल समूह विजेता बन्दै तथा एपीएफ समूह उपविजेता बन्दै फाइनलमा पुगेको हो ।
खेलको विभिन्न समयमा पाएको अवसर दुवै टोलीले सदुपयोग गर्न नसकेपछि खेलमा गोल हुन सकेन ।
एपीएफले यसअघि पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो भने भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितामा पाँच टोली रहेकामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन् ।