arrow

नौ सय ९३ मतदाताको 'दोहोरो नाम' फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
voter card.jpg

काठमाडौँ। बाँके जिल्लामा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिकासहित विभिन्न गाउँपालिका र नगरपालिकाका मतदाताको नाम दुई ठाउँमा देखिएको हो।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले नाम दर्ताको समयमा स्थानीय स्तरमा रेकर्ड नहुने र केन्द्रमा पठाएपछि मात्रै दोहोरोपना देखिएको बताए। उनका अनुसार सबैभन्दा बढी दोहोरो नाम नेपालगञ्ज उपमहानगरपालिकामा र सबैभन्दा कम कोहलपुर नगरपालिकामा भेटिएको छ। हाल मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको र पुस ५ गतेसम्म यस्ता दोहोरो नामहरू हटाउने उनले जानकारी दिए।

मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्दै यसैबीच, बाँकेमा जनसंख्याका आधारमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको छ। निर्वाचन आयोगको निर्देशन अनुसार केन्द्र थपिएमा जिल्लामा कुल मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्ने निर्वाचन अधिकारी शाहीले बताए। यसअघि जिल्लामा ३८१ वटा मतदान केन्द्र रहेका थिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा एउटा नयाँ मतदानस्थल थपिएको छ भने चार वटा मतदानस्थललाई स्थानान्तरण गरिएको छ। मतदान केन्द्र थपसम्बन्धी अन्तिम निर्णय भने आगामी पुस १२ गतेपछि मात्रै हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ