arrow

फर्कने भए सोङ, प्रधानमन्त्री कार्कीले दिइन् बिदाइ भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
karki-china-ambesdor.jpg

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङ आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किने भएका छन्। सोही क्रममा बुधबार उनले प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबार पुगेर शिष्टाचार बिदाइ भेट गरेका हुन्।

भेटका क्रममा प्रधानमन्त्री कार्की र राजदूत सोङबीच नेपाल–चीन सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राजदूत सोङले नेपाल चीनको घनिष्ट मित्र भएकाले यहाँको विकास निर्माणका हरेक क्षेत्रमा चीनले गर्दै आएको सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै सुखद स्वदेश फिर्तीको कामना गरिन्। सो अवसरमा प्रधानमन्त्रीले नेपाल 'एक चीन नीति' प्रति सधैँ प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने दृढ विश्वास दिलाइन्।

साथै, उनले नेपालको समग्र विकासमा चीनबाट प्राप्त हुँदै आएको साथ र समर्थन आगामी दिनमा अझ सशक्त हुने आशा व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ