arrow

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने ५० वर्षीय बराइली पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
pakrau9.jpg

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके (संयुक्त अधिराज्य) पठाइदिने प्रलोभन देखाएर ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँको टेकु बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक व्यक्तिलाई आकर्षक रोजगारीका लागि युके लैजाने विश्वास दिलाएर मोटो रकम असुलेका थिए। रकम बुझेपछि लामो समयसम्म पीडितलाई विभिन्न बहानामा झुक्याएर राखेका उनी पछि सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। पछिल्लो समय युरोपेली मुलुकहरूमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले व्यक्तिगत लेनदेन नगर्न र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन प्रहरीले सर्वसाधारणमा विशेष आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ