arrow

रुखबाट लडेर युवाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
death.jpg

मकवानपुर । रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका-७ मा एक युवकको मृत्यु भएको छ ।

स्थानीय मनकामना सामुदायिक वनमा मंगलबार बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका-८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका-७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल भर्ना गरिएकोमा बिहान १०ः२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ