परिसूचक २६०१.६१ को बिन्दुमा, रु ३ अर्ब ४४ करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
583
Shares
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ६.७४ अङ्कले बढेर २,६०१.६१ को बिन्दुमा कायम भएको हो।
नेप्सेका अनुसार आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ ०.७२%, विकास बैंक ०.३३%, वित्त ०.९०%, जनविद्युत् ०.०६%, जीवन बीमा ०.३०%, उत्पादन तथा प्रशोधन ०.५७%, निर्जीवन बीमा ०.०७% र व्यापार समूह ०.२७% ले बढेको छ।
यद्यपि, अरु सबै समूहको उपसूचक घटेको छ। जसअन्तर्गत होटल तथा पर्यटन ०.११%, लगानी ०.०८%, म्युचुअल फण्ड ०.११% र अन्य समूह ०.१७% ले घटेको छ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेड को शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ६.९५% ले घटेको छ।