arrow

स्वास्थ्य, शिक्षा र रोजगारीलाई गौरवको योजना बनायौँ : बालेन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
balen-shaha-29-08.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् ।

३१औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरपालिका आम महानगरबासीको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए ।

उनले भने, ‘काठमाडौँ महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन् । महानगरले नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

उनले महानगरले धूलोरहित सडक कार्यअन्तर्गत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न गरेको, ६२ ओटा चोकमा लाइट जडान गरेको, सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन पाँच हजार तीन सय १८ ओटा पोलमा १३ हजार तीन सय ४० ओटा बत्ति राखेर सहरलाई उज्यालो बनाउँदै गरेको पनि जानकारी दिए ।

उनले भने, ‘आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्य मध्य प्राथमिकतामा राख्नु पर्ने कामलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ । यसरी सञ्चालन गरिएको कार्यक्रम मध्य धूलोरहित सडक कार्य अन्तरगत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न भएको छ । ६२ ओटा चोकमा लाइट जडान गरिएको छ । सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन पाँच हजार तीन सय १८ ओटा पोलमा १३ हजार तीन सय ४० ओटा बत्ति राखेर सहरलाई उज्यालो बनाउँदैछौँ ।’

यस वर्ष एक हजार ८६ जना बिपन्न नागरिकको उपचार सिफारिस गरेको, बेवारिसे, विपन्न र बेसाहारा नि:शुल्क उपचारअन्तर्गत दुई सय १० जनालाई नि:शुल्क उपचार सेवा प्रदान गरेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘यस वर्ष एक हजार ८६ जना विपन्न नागरिकको उपचार सिफारिस भयो, बेवारिसे, विपन्न र बेसाहारा नि:शुल्क उपचार अन्तरगत २ सय १० जनालाई निशूल्क उपचार सेवा प्रदान गरियो । ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित ३५ ओटा स्वास्थ्य संस्था, जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौ । १० ओटा केन्द्रलाई बीमाका प्रथम सेवा विन्दुका रुपमा सञ्चालन गरेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ