साताको पहिलो दिन नेप्से साढे १२ अंकले घट्यो, कारोबार चार अर्बमा सीमित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
777
Shares
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ।
नेप्से परिसूचक साढे १२ अंकले (०.४७ प्रतिशतले) घटेर २५९४.८७ बिन्दुमा आएर बन्द भयो। दिनभरमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर कारोबार भयो। कारोबारमा आएका ३३० वटा कम्पनीको ६० हजार ६९९ पटक शेयर किनबेच भएको थियो।
बजार बन्द हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। आज २ वटा कम्पनीको शेयर मूल्यमा मात्र सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। कारोबारमा आएका १३ वटा समूहमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ।