arrow

एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज

यस्तो बन्यो केन्द्रीय कमिटीको संरचना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
uml-cpn.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि वरिष्ठ उपाध्यक्ष पद हटाएको छ। आइतबार बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए।

गौतमका अनुसार, महाधिवेशनको बन्द सत्रबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना अब निम्नअनुसार रहनेछ: अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना (वरिष्ठ उपाध्यक्ष पद हटाइएको), महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ९ जना, स्थायी कमिटी ३३ जना र पोलिटब्युरो ९९ जना। केन्द्रीय कमिटीको कुल सङ्ख्या ३०१ जना कायम गरिएको छ।

गौतमले यो निर्णय १०औँ महाधिवेशनमा पारित भएको विधानलाई आत्मसात् गर्दै अगाडि जाने क्रममा लिइएको बताए। उनले वरिष्ठ उपाध्यक्षको प्रबन्ध नगरिएको र पाँच जना उपाध्यक्ष मात्रै राखिएको स्पष्ट पारे। केन्द्रीय कमिटीको अन्तिम बैठकले सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेको छ। महाधिवेशन अन्तर्गत बन्दसत्र आज दिउँसो ३ बजेदेखि सुरु हुने पनि उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ