arrow

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
uml-cpn.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक सम्पन्न भएको छ।

बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्नका लागि यो बैठक राखिएको थियो। बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।

बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने एजेन्डाहरू प्रस्तुत गरे। ती एजेन्डामा निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिक विषयहरूलगायत समावेश छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ