arrow

गणतन्त्र स्थापना भएपछि नेपालले विकासमा फड्को मार्‍यो : मुख्यमन्त्री बानियाँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
indra-baniya-cm-28-08.jpg

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विकासको काम गर्ने मुख्य सरकार नै प्रदेश सरकार भएको बताएका छन् ।

नुवाकोटको ढाँडेखोला सडक पुल निर्माण कार्यको शिलान्यास तथा सुपारी खोल्सीमा बेलकोटगढी नगरपालिका-१३ र लिखु गाउँपालिका-३ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए ।

गाउँमुखी, आयमुखी, न्यायमुखी काम गर्ने वाग्मती प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए । गणतन्त्र स्थापना भएपछि नेपालेले विकासमा फड्को मारेको पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

पालको राजनीतिक परिवर्तनसँगै जनताको आर्थिक समृद्धिका लागि तीन तहका सरकार बनेको उनले बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सडक र पुल, कृषि र पशुपालनमा लगानीले ग्रामीण भेगको आर्थिक तथा सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याउने बताए ।

उनले दुर्गम बस्तीलाई केन्द्रसँग जोड्ने पुल निर्माणले सेवा, सुविधा र बजार पहुँच सहज हुने विश्वास व्यक्त गरे ।

ढाँडेखोला सडक पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले वर्षायाममा भोग्दै आएको आवागमनको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

लामो समयदेखि पुल अभावमा जोखिम मोल्दै आएका स्थानीयवासीको लागि यसले सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनेछ ।

यसैगरी सुपारी खोल्चीमा निर्माण गरिएको मोटरेबल पुल उद्घाटनसँगै बेलकोटगढी नगरपालिका-१३ र लिखु गाउँपालिका-३ बिचको दूरी छोटिनेछ ।

यस पुलले कृषि उपज ढुवानी, दैनिक आवतजावत, स्वास्थ्य तथा शैक्षिक सेवामा पहुँचलाई थप सहज बनाउने स्थानीयले बताएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारी, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले पुल निर्माण तथा शिलान्यास कार्यप्रति खुसी व्यक्त गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ