देशभर मौसम मुख्यतया सफा, उच्च पहाडी भू-भागमा आंशिक बदली
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
728
Shares
काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु वा कुहिरो लागेको छ।
महाशाखाले कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।
दिउँसो र रातीको पूर्वानुमान: आज दिनभर र राती देशभर मौसम मुख्यतया सफा रहनेछ।