arrow

पर्साको ठोरीबाट ९१ किलोग्राम अवैध गाँजा बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
nepal-police12.jpg

पर्सा। सशस्त्र प्रहरी बल नेपाल पर्साले बिहीबार पर्साको ठोरी गाउँपालिकाबाट ठूलो परिमाणमा अवैध ९१ किलोग्राम गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले नेपालतर्फबाट भारत लैजाँदै गरेको अवस्थामा सो परिमाणको गाँजा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले उक्त गाँजा १० वटा प्लाष्टिकका पोकामा लुकाएर राखिएको जानकारी दिए।

बरामद भएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियान तीव्र पारेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ