काठमाडौँ । नबिल बैंक लिमिटेडले ग्राहकका लागि भर्चुअल डलर आईकार्ड सुबिधा ल्याएको छ । बैंकका अनुसार भर्चुअल डलर आईकार्ड भिसा प्लेटफर्म अन्तर्गत जारी गरिएको भर्चुअल अन्तर्राष्ट्रिय डलर कार्ड हो ।
यो आवेदन स्वीकृत भएको दुई घण्टाभित्रै आईकार्ड पाउन सकिने बैंकले जनाएको छ । कार्ड जारी भएपछि ग्राहकले आफ्नो बैंक खाताबाट कार्ड टप अप गर्न सक्छन् र अन्तर्राष्ट्रिय ई-कमर्श प्लेटफर्महरूमा वार्षिक पाँच सय अमेरिकी डलरसम्म खर्च गर्न सक्छन्।
रेमिट्यान्समार्फत प्राप्त रकम भने ग्राहकले कार्डमा वार्षिक पाँच हजार डलरसम्म खर्च गर्न पाउने सुबिधा बैंकले दिएको छ। ग्राहकले कार्डबाट आफ्नो नबिल बैंक खातामा पैसा नगद गर्ने विकल्पसमेत रहेको बैंकले जनाएको छ ।
नबिल बैंकमा खाता भएको र मान्य प्यान कार्ड भएको जो कोहीले पाउने उक्त डलर आईकार्डको अवधि चार वर्षको हुने बैंकले जनाएको छ । त्यसपछि निरन्तरता दिनका लागि पुनः आवेदन गर्नुपर्ने हुन्छ ।
यो अमेरिकी डलर मुद्रामा भिसा अन्तर्गत जारी गरिएको भएकाले अमेरिकी डलरमात्र मान्य हुन्छ । हरेक टपअप गर्दा पाँच सय रुपैयाँ खर्च लाग्नेसमेत बैंकले जनाएको छ ।
यो भर्चुअल डलर आईकार्ड नेपाल, भारत र भुटान बाहेकका देशमा प्रयोग गर्न पाइन्छ । यी तीन देशमा नबिल बैंकको डेभिड कार्ड चल्छ ।