arrow

एक हजारले बढ्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
gold-jewalary.jpg

काठमाडौँ। बुधबारको तुलनामा आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ । जुन हिजो बुधबार रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो। 

यसरी सुनको मूल्य प्रतितोलामा एक हजारले बढेको छ। त्यसैगरी, आज एक तोला चाँदीको मोल रु. तीन हजार ८०५ निर्धारण भएको छ । जुन बुधबार तीन हजार ७५० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि मूल्य बढेको छ। आज अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक औँस सुन ४,२४२ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ