arrow

एमाले ११औँ महाधिवेशन तयारी: मूल व्यवस्थापन समितिको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
uml-election-commitee.jpg

काठमाडौँ। नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको तयारी र व्यवस्थापनका लागि मूल व्यवस्थापन समितिको बैठक आज बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

महाधिवेशन सुरु हुन अब दुई दिन मात्र बाँकी रहँदा बैठकमा हालसम्मका तयारीहरूको समीक्षा र अब गर्नुपर्ने कामका सन्दर्भमा छलफल सुरु भएको छ। आजको बैठकमा जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको छ। 

साथै, महाधिवेशनका लागि गठित १४ वटै समितिका संयोजकहरूले आफ्नो–आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् र सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन आवश्यक छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ