arrow

नेतृत्व हस्तान्तरणबाटै पार्टी जोगिन्छ - गोकर्ण विष्ट

पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहने व्यक्तिहरूलाई 'पार्टीको हित नचाहने' भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
gokarna-bista-08.jpg

काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहने व्यक्तिहरूलाई 'पार्टीको हित नचाहने' भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्।

एमालेको ११औँ महाधिवेशनको सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आफूहरू मर्यादित ढङ्गले प्रतिस्पर्धा गर्न चाहेको तर प्रतिस्पर्धा गर्दा 'संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरू पार्टीको हित नचाहने' भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको बताए। उनले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताउँदै संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उल्लेख गरे। उनले देशमा संकट छ भने यसको कारण र मुख्य जिम्मेवारी कसको हो भन्ने समीक्षा गर्न आवश्यक रहेको औंल्याए।

सचिव विष्टले वर्तमान संकटको सामना गर्नका लागि नेतृत्व रूपान्तरण (वा हस्तान्तरण) आवश्यक रहेकोमा जोड दिए। उनले आज आम कार्यकर्ता, आम जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको र कुनै अमुक व्यक्ति शक्तिशाली नभई सामूहिक नेतृत्व आजको समयको माग रहेको बताए। उनले देशभरबाट आएका प्रतिनिधिहरूले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गरे। देशका चुनौतीहरूलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधानमा देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उनको भनाइ छ।

उनले एमालेका युवा पुस्ताहरूलाई नेतृत्व लिन तयार रहन आग्रह गर्दै ४० वर्षमुनिका युवाहरूलाई पार्टीको केन्द्रीय समितिमा ल्याउनका लागि आफूहरूले पहल गर्ने बताए। उनले नेतृत्वमा भएको जामले गर्दा पार्टीभित्र युवाहरूको आकर्षण घट्दै गएको र ११औँ महाधिवेशनले युवाहरूलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्ने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ